जापानमा झनै उच्च संक्रमण, ५४ जनाको मृत्यु

-


     मर्दी न्युज    
     पुस ९ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान । डिसेम्बर २४
जापानमा कोरोना संक्रमण हालसम्मकै उच्च रेकर्ड कायम भएको छ । बिहीबार ३ हजार ७ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार ३ हजार २ सय ७१ जना संक्रमित भएका थिए । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४ सय ३७ जना पुगेको छ । मंगलबार ४१ हजार ४ सय २३ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित मृत्यु हुने संख्या ३ हजार १ सय ३५ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
टोकियोमा नौ, आईचीमा आठ, ओसाकामा सात, साईतामामा छ,होक्काईदोमा चार, खानागावा र ह्योगोमा तीन/तीन, चिबा, गुन्मा र ईवातेमा दुई/दुई, क्योतो,गिफु, टोचिगी, फुकुओका, फुकुसीमा, हिरोशिमा, नागोना, सिजुओकामा प्रान्तमा एक/एक गरी ५४ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये २७ हजार ७७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

यस अवधिमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख ७५ हजार ५ सय ३८ जना कोरोना संक्रमित निको भएका छन् ।

राजधानी टोकियोमा अहिलेसम्मकै उच्च ८ सय ८८ जना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ५४ हजार १८ जना पुगेको छ । सबै ४७ प्रान्तमा संक्रमण पुष्टि भयो । १ सय भन्दा बढी संक्रमित हुने प्रान्तहरू ओसाकामा २ सय ८९, खानागावामा ४ सय ९५, आईची २ सय ७०, साईतामामा २ सय ५१, ह्योगोमा १ सय ६९, फुकुओकामा १ सय ५६, हिरोसीमामा १ सय २३, चिबामा २ सय ३४ र होक्काईदोमा १ सय २३, ह्योगो १ सय ५२, फुकुओका १ सय ४९, क्योतो १ सय सात जना थपिए ।

बढी संक्रमित संख्या भएका प्रान्तहरू

ओसाकामा २८ हजार १ सय एक, खानागावामा १८ हजार २ सय २६,आईचीमा १४ हजार ९ सय ९६, होक्काईदोमा १२ हजार ६ सय १८,साईतामामा १२ हजार ४ सय ६३,चिबामा ९ हजार ६ सय ८५, ह्योगोमा ८ हजार ७ सय ५७,फुकुओकामा ७ हजार ८ सय ५२, ओकिनावामा ५ हजार ९५ र क्योतोमा ४ हजार १ सय पाँचजना पुगेको छ ।