घान्द्रुक स्वास्थ चौकीमा नगद तथा स्वास्थ सामाग्री हस्तान्तरण

-


     मर्दी न्युज    
     पुस ९ गते २०७७ मा प्रकाशित


कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं १० घान्द्रुक स्थित स्वास्थ चौकीलाई विभिन्न ब्यक्ति तथा संस्थाहरु बाट सहयोग प्राप्त भएको छ ।

पोखरा महानगरपालिका वडा नं २५ निवासी श्री हस्त बहादुर रसाइलीले हिजो २०७७ पौष ९ गतेका दिन एक कार्यक्रमका बीच नगद रु ५००००/- अक्षरुपी पचास हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।

त्यसैगरी, महिला स्वास्थ स्वयंसेविका र ब्यबस्थापन समितिको तर्फबाट महिला स्वास्थ स्वयंसेविका अध्यक्ष हरिमाया गुरुङले एकथान शिरक, शंकर बहादुर गुरुङले एकथान शिरक, महिला स्वास्थ स्वयंसेविका कमला सुनारले २ थान सिरानी र २ वटा तन्ना स्वास्थ चौकी प्रमुख साधना पौड्याल लाई हस्तान्तरण गर्नुभएको थियो।

सहयोगकै क्रममा गत मंसिर २१ गतेका दिन घान्द्रुक समाज युके का तर्फबाट विभिन्न स्वास्थ सामाग्री प्राप्त भएको जनाइएको छ। उक्त सामाग्रीहरु स्वास्थ चौकी प्रमुख साधना पौड्याल, ब्यबस्थापन समिति अध्यक्ष कुमार प्रसाद गुरुङ र संजिबनि जनस्वास्थ्य नेपाल संयोजक कमला गुरुङलाई संयुक्तरूपमा हस्तान्तरण गरिएको थियो ।

सहयोगको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै स्वास्थ चौकी घान्द्रुकको तर्फबाट घान्द्रुक समाज युकेका अध्यक्ष अर्जुन गुरुङलाई मायाको चिनो प्रदान गर्नुको साथै अन्य सहयोगदाता हरुलाई यथोचित संमान गरिएको थियो ।