
सन थापा,
जापान । डिसेम्बर २६
जापानमा कोरोना संक्रमण हालसम्मकै उच्च रेकर्ड कायम भएको छ । । शनिबार ३ हजार ८ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार ३ हजार ८ सय ३१ जना संक्रमित भएका थिए । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना कोरोना संक्रमितको संख्या २ लाख १९ हजार १ सय ४६ जना पुगेको छ । बिहीबार ३२ हजार ६ सय ५० जनाको पीसीआर परीक्षण गरिएको थियो ।
यसैबीच थप दुई जनामा नयाँ स्वरूपको कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार पहिलोपटक पाँच जनामा संक्रमण पुष्टि भएको थियो । थपिएका दुई जना डिसेम्बर १६ मा बेलायतबाट फर्किएका थिए ।
राजधानी टोकियोमा अहिलेसम्मकै बढी ९ सय ४९ जना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ५५ हजार ८ सय ५१ जना पुगेको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित मृत्यु हुने संख्या ३ हजार २ सय ४७ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
सबैभन्दा बढी ओसाकामा ११, टोकियोमा १०, ह्योगोमा आठ, आईचीमा छ, होक्काईदोमा चार, चिबामा दुई खानागावा, मिए, मियागी, गिफु, हिरोसीमा, आओरी प्रान्तमा एक/एक गरी ४७ जनाको मृत्यु भएको छ ।
संक्रमितमध्ये २९ हजार २ सय ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६ सय ५४ जनाको अवस्था गम्भीर रहेको छ ।
यस अवधिमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख ८० हजार १ सय ४७ जना कोरोना संक्रमित निको भएका छन् ।
। तोकुसीमा प्रान्त बाहेक ४६ प्रान्तमा संक्रमण पुष्टि भयो । १ सय भन्दा बढी संक्रमित हुने प्रान्तहरू ओसाकामा २ सय ९९, खानागावामा ४ सय ८०, आईची र साईतामामा २ सय ६५, ह्योगोमा २ सय ३२, फुकुओकामा १ सय ६०, हिरोसीमामा १ सय ४१, चिबामा २ सय १३ र होक्काईदोमा १ सय ६१,ह्येगो १ सय ७५, क्योतोमा १ सय ३५, हिरोसीमामा १ सय ६ जना थपिए ।
बढी संक्रमित संख्या भएका प्रान्तहरू
ओसाकामा २८ हजार ६ सय ९४, खानागावामा १९ हजार १ सय ७२,आईचीमा १५ हजार ४ सय ६६, साईतामामा १३ हजार २६, होक्काईदोमा १२ हजार ८ सय ७६, चिबामा १० हजार ९८, ह्योगोमा ९ हजार २ सय ६४,फुकुओकामा ८ हजार १ सय ५५, ओकिनावामा ५ हजार १ सय ६९ र क्योतोमा ४ हजार ३ सय ६१ जना पुगेको छ ।

