सोमबारदेखि जापान प्रवेशमा रोक, थपिए ३९४८ जना संक्रमित

-


     मर्दी न्युज    
     पुस ११ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, डिसेम्बर २७ । जापानले सोमबारदेखि लागु हुने गरी नेपाल सहित १ सय ५९ देशबाट जापान प्रवेशमा रोक लगाएको छ । सरकारले नयाँ स्वरूपको कोरोना भाईरस (भेरियन्ट)को संक्रमणविरूद्ध सावधानी अपनाउन जनवरी ३१ सम्म अस्थायी प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्धसँगै नयाँ भिसा जारी गरी जापान आउनेहरू प्रभावित हुनेछन् ।यद्यपि जापानी नागरिक र जापानी आवासीय भिसा भएकाहरूलाई भने प्रवेश दिने जनाएको छ । जापान प्रवेश गर्नु ७२ घण्टाअघि र जापान आएपछि पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने साथै १४ दिन सेल्फ क्वारेण्टाईनमा बस्नु पर्नेछ । डिसेम्बर २५ मा पहिलोपटक पाँच जना र डिसेम्बर २६ मा दुई जनामा नयाँ स्वरूपको कोरोना भाईरस९ भेरियन्ट०को संक्रमण पुष्टि भएको थियो । उनीहरू बेलायतबाट फर्किएका थिए ।

३९४८ जना संक्रमित थपिए, ४० जनाको मृत्यु
आईतबार २ हजार ९ सय ४८ जनामा संक्रमण पुष्टि भएका छन् । शनिबार सबैभन्दाबढी ३ हजार ८ सय ७७ जनामा संक्रमित भएका थिए । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना कोरोना संक्रमितको संख्या २ लाख २२ हजार ९३ जना पुगेको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित मृत्यु हुने संख्या ३ हजार २ सय ८७ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

सबैभन्दा बढी ओसाकामा ११, टोकियोमा १०, ह्योगोमा आठ, आईचीमा छ, होक्काईदोमा चार, चिबामा दुई खानागावा, मिए, मियागी, गिफु, हिरोसीमा, आओरी प्रान्तमा एक÷एक गरी ४७ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये ३० हजार ३ सय ६९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६ सय ५९ जनाको अवस्था गम्भीर रहेको छ ।

यस अवधिमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख ८३ हजार २ सय ५५ जना कोरोना संक्रमित निको भएका छन् ।

राजधानी टोकियोमा ७ सय आठ जना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ५६ हजार ५ सय ५९ जना पुगेको छ । तोकुसीमा प्रान्त बाहेक ४६ प्रान्तमा संक्रमण पुष्टि भयो । १ सय भन्दा बढी संक्रमित हुने प्रान्तहरू ओसाकामा २ सय ३३, खानागावामा ३ सय ४३, आईचीमा २ सय १६, साईतामामा २ सय ११, ह्योगोमा १ सय ६५, फुकुओकामा १ सय ३७, चिबामा १ सय पाँच जना थपिए ।

बढी संक्रमित संख्या भएका प्रान्तहरू

ओसाकामा २८ हजार ९ सय २७, खानागावामा १९ हजार ५ सय १५,आईचीमा १५ हजार ६ सय ८२, साईतामामा १३ हजार २ सय ३७, होक्काईदोमा १२ हजार ९ सय ६१, चिबामा १० हजार २ सय तीन, ह्योगोमा ९ हजार ३ सय २८, फुकुओकामा ८ हजार २ सय ९२, ओकिनावामा ५ हजार १ सय ९९ र क्योतोमा ४ हजार ४ सय ५५ जना पुगेको छ ।