संसद विघटन विरुद्धको आजको प्रदर्शन आन्दोलनको ट्रेलर मात्रै हो : प्रचण्ड

-


     मर्दी न्युज    
     पुस १३ गते २०७७ मा प्रकाशित


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार काठमाडौंमा भएको विरोधसभालाई आन्दोलनको ट्रेलरको संज्ञा दिएका छन्।

मंगलवार संसद विघटनविरुद्ध काठमाडौँमा भएको विरोध सभालाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले जनताहरु झुक्याएर नझुकिने बताउँदै राजा फाल्न सक्ने जनताले जे पनि परिवर्तन गर्न सक्ने बताए ।

त्यस्तै उनले प्रतिनिधिसभा भंग गरेर प्रधानमन्त्री ओलीले इतिहासमा कहिल्यै नमेटिने कलंकको टीको लगाएको आरोप पनि लगाए ।

‘केपी ओलीले इतिहासमा कलंकको टीको लगाएका छन्। त्यो कहिल्यै मेटिने छैन’, प्रचण्डले भने, ‘जबसम्म केपी ओलीले लोकतन्त्रमाथि घात गरेँ भनेर पश्चाताप गर्ने छैनन्। आफैंले बनाएको संविधानको बलात्कार गरेँ। म अपराधी हुँ भन्ने छैनन्। तबसम्म उनलाई जनताले माफी र क्षमा दिने छैनन्।’

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गल्ति सच्याएर आए जनताले माफि दिनसक्ने पनि उनले बताए ।