जापानमा मंगलबार ३६०५ जनामा संक्रमण पुष्टि, ५९ जनाको मृत्यु

-


     मर्दी न्युज    
     पुस १३ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, डिसेम्बर २९ । जापानमा मंगलबार ३ हजार ६ सय पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना कोरोना संक्रमितको संख्या २ लाख २८ हजार ९३ जना पुगेको छ । आईतबार १८ हजार ५७ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

त्यसैगरी ५९ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित मृत्यु हुने संख्या ३ हजार ३ सय ९६ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । सबैभन्दा बढी ह्योगोमा १०, खानागावामा आठ, साईतामा र होक्काईदोमा छरछ, टोकियोमा र ओसाकामा पाँचरपाँच, आईचीमा चार, क्योतो, हिरोसीमा र तीनरतीन, सिजुओकामा दुई, मियागी, ईवाते,मियाजाकी,फुकुओका,चिबा, नागानो, र आओमोरी प्रान्तमा एकरएक जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये ३१ हजार ६ सय ९४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६ सय ७५ जनाको अवस्था गम्भीर रहेको छ ।

यस अवधिमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख ८७ हजार ६ सय पाँचजना कोरोना संक्रमित निको भएका छन् ।

राजधानी टोकियोमा ८ सय ५६ जना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ५७ हजार ८ सय ९६ जना पुगेको छ । निगाता र तोकुसीमा प्रान्त बाहेक ४६ प्रान्तमा संक्रमण पुष्टि भयो । १ सय भन्दा बढी संक्रमित हुने प्रान्तहरू खानागावामा ३ सय ९५, साईतामामा ३ सय , ओसाकामा ३ सय दुई , आईचीमा २ सय ३५, चिबामा २ सय १६, ह्योगोमा १ सय ९३ र फुकुओकामा १ सय ५१ जना थपिए ।

बढी संक्रमित संख्या भएका प्रान्तहरू

ओसाकामा २९ हजार ३ सय ७९, खानागावामा २० हजार २ सय ४३,आईचीमा १६ हजार ३९,साईतामामा १३ हजार ७ सय २१, होक्काईदोमा १३ हजार १ सय ४२,चिबामा १० हजार ५ सय ९४, ह्योगोमा ९ हजार ६ सय २५,फुकुओकामा ८ हजार ५ सय ८५, ओकिनावामा ५ हजार २ सय ६० र क्योतोमा ४ हजार ५ सय ९८, हिरोसीमामा ३ हजार १ सय ४८ जना पुगेको छ ।