कास्कीका ६० जनासहित गण्डकी प्रदेशमा ८८ जनामा कोरोना संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     पुस १४ गते २०७७ मा प्रकाशित


पोखरा, १५ पुस । कास्कीका ६० जनासहित गण्डकी प्रदेशमा बुधवार ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा प्रदेशभर २ सय ५२ नमूना परीक्षण गर्दा ७ जिल्लाका ८८ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित हुनेमा कास्कीका ६०, नवलपुरका ११, तनहुँ र गोरखाका ६÷६, स्याङ्जा, बागलुङ र म्याग्दीका १÷१ जना रहेका छन् ।

योसहित गण्डकी प्रदेशमा संक्रमित संख्या १४ हजार ५ सय २९ पुगेको छ । तीमध्ये १३ हजार ३ सय १ जना निको भएका छन् भने १ सय ९१ जनाको मृत्यु भएको छ ।

बुधवारसम्म प्रदेशमा एक हजार ३७ जना सक्रिय संक्रमित रहेको भने तीमध्ये ८८७ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।