
काठमाडौँ । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन्। अग्रवाललाई बिहीबार प्रहरीले पर्साबाट पक्राउ गरेको हो।
गृह मन्त्रालयले उखु किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रनका लागि पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएपछि सञ्चालक अग्रवाल फरार थिए।
उखु किसानलाई यो मिलले १५ करोड रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको बताइएको छ । अग्रवालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

