गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना सङ्क्रमण

-


     मर्दी न्युज    
     पुस १७ गते २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार ६३१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि हुनेमा कास्कीका २७, बाग्लुङका ६, म्याग्दीका ५, स्याङ्जाका ३, पर्वत र तनहुँका एक/एक जना रहेको निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा प्रदेशका १०४ जना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या १३ हजार ४८७ जना रहेका छन् । कोरोना सङ्क्रमणका कारण हालसम्म प्रदेशमा मृत्यु हुनेको सङ्ख्या १९२ पुगेको छ । शुक्रवारसम्म प्रदेशमा सक्रिय सङ्क्रमतिको सङ्ख्या ९५२ रहेको निर्देशनालयले जनाएको छ ।