हाम्रो माया नेपाल स्वयं सेवाद्वारा राहत वितरण

-


     मर्दी न्युज    
     पुस १७ गते २०७७ मा प्रकाशित


पोखरा, १८ पुस । तमु ल्वों ल्होसारको अवसर पारेर तमु प्ये ल्हु संघको समन्वयमा ‘हाम्रो माया नेपाल स्वयं सेवा नेपाल’ संस्थाद्वारा आज कोरोना प्रभावित १५० बेरोजगार घरपरिवारलाई राहत वितरण गरेको छ ।

हाम्रो माया नेपाल स्वयं सेवा संस्थाका संस्थापक अध्यक्ष राजिब गुरुङ र संस्थापक कोषाध्यक्ष विशाल गुरुङको सक्रियता तथा तमु प्ये ल्हु संघको समन्वयमा पोखराका बेरोजगार १५० घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो । राहत वितरण प्रति घरपरिवारलाई ४,५०० रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको थियो ।

राहत वितरण कार्यक्रम तमु प्ये ल्हु संघ केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको रोहवरमा वितरण गरिएको थियो ।

राहत वितरण कार्यक्रममा वक्ताहरुले कोरोना भाइरसका कारण प्रभावित बनेका गरिब, मजदुर तथा अति विपन्नहरुलाई सहयोग पु–याउने उद्देश्यले राहत वितरण गरिएको बताए ।

‘हाम्रो माया नेपाल स्वयं सेवा नेपाल’ संस्था तमु प्ये ल्हु संघ, केन्द्रीय महिला समितिका अध्यक्ष पुष्प तेंल्स्यो तमु तथा त्होर्जे तमु नेपालका अध्यक्ष सु. प्रेमबहादुर त्होर्जे तमुको छोरा विशाल गुरुङद्वारा सञ्चालित मुनाफारहित संस्था हो ।