
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि सोमबार भारतको मुम्बई लगिएको छ ।
सीताको उपचारका लागि अध्यक्ष दाहाल र छोरी गंगा दाहाल पनि मुम्बई गएका छन् ।
प्रचण्डपत्नी सीता लामो समयदेखि बिरामी छन् । केही दिनअघि उनको मिडिसिटी अस्पतालमा पनि उपचार गरिएको थियो । यसअघि सीताको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो ।