
सन थापा,
जापान । जनवरी ४
जापानका प्रधानमन्त्री योशिहिदे सुगाले टोकियो सहित अन्य तीन प्रान्तमा आपतकाल घोषणा गर्ने बारे बिचार गरिरहेको बताएका छन् ।
सोमबार एक पत्रकार सम्मेलनमा बोल्दै सुगाले कोरोना संक्रमणको जोखिमलाई प्रभावकारी ढंगले नियन्त्रण गर्न बिशेषज्ञहरूको राय र सल्लाहअनुसार आपतकाल घोषणा गर्ने बताए । उनले रेस्टुरेन्ट तथा मदिराजन्य व्यवसाय खुल्ने समय घटाउन आग्रह गरे ।
जापानमा कोरोना संक्रमण तीव्रगतिमा फैलदै गएपछि गत शनिबार टोकियो, खानागावा, साईतामा र चिबा प्रान्तका गभर्नरहरूले आपतकाल घोषणा गर्न सरकारलाई आग्रह गरेका थिए ।
यसैबिच यी चार प्रान्तका गभर्नरहरूले आज सम्मेलन गरी जनवरी ८ देखि ३१ सम्म बेलुका ८ बजे रेस्टुरेन्ट तथा मदिराजन्य व्यवसाय बन्द गर्न र अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेका छन् ।
सोमबार ३ हजार ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४८ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४३ जना पुगेको छ ।
त्यसैगरी संक्रमितमध्ये ३८ हजार ७ सय २९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ७ सय ३१ जनाको अवस्था गम्भीर रहेको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित जापानभर मृत्यु हुने संख्या ३ हजार ६ सय ९३ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
यस अवधिमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित २ लाख १ हजार ३ सय ३५ जना कोरोना संक्रमित निको भएका छन् ।
राजधानी टोकियोमा ८ सय ८४ जना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ६३ हजार ४ सय ७४ जना पुगेको छ ।
सिमाने र ईवाते प्रान्त बाहेक ४५ प्रान्तमा संक्रमण पुष्टि भयो । १ सय भन्दा बढी संक्रमित हुने प्रान्तहरू खानागावामा ४ सय १२, ओसाकामा २ सय ८६, चिबामा १ सय ५२, साईतामामा २ सय ४३, चिबामा १ सय ९५, आईचीमा १ सय ५२, फुकुओकामा १ सय २८, ह्योगोमा १ सय १८ जना थपिए ।
बढी संक्रमित संख्या भएका प्रान्तहरू
ओसाकामा ३१ हजार ५८, खानागावामा २२ हजार ८ सय ९१, आईचीमा १७ हजार २ सय ६०,साईतामामा १५ हजार १ सय ७७, होक्काईदोमा १३ हजार ६ सय ७८,चिबामा ११ हजार ८ सय ६२,ह्योगोमा १० हजार ४ सय ५१,फुकुओकामा ९ हजार ४ सय ७७, ओकिनावामा ५ हजार ४ सय ८७,क्योतोमा ५ हजार १ सय ५४ र हिरोसीमामा ३ हजार ५ सय ८७ जना पुगेको छ ।

