जापानमा एकैदिन ७५७० जना संक्रमित, ६५ जनाको मृत्यु

-


     मर्दी न्युज    
     पुस २३ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान । जनवरी ७
जापानमा बिहीबार ७ हजार ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै सर्वाधिक संक्रमणदर हो । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ७ सय १६ जना पुगेको छ ।

अस्पतालमा भर्ना हुने र गम्भीर बिरामी पनि उच्च रेकर्ड कायम भएको छ ।
संक्रमितमध्ये ४४ हजार ४ सय २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ७ सय ९६ जनाको अवस्था गम्भीर रहेको छ ।

डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित जापानभर मृत्यु हुने संख्या ३ हजार ८ सय ९९ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
सबैभन्दा बढी टोकियोमा ११, ओसाका, साईतामा आइचीमा आठ/आठ, खानागावामा चार, क्योतो, चिबा, हिरोसिमा, कुमामोतोमा तीन/तीन, ह्योगो,होक्काईदो, फुकुओका, सिजुओकामा दुई/दुई, ओईता, गिफु, इसिखावा, गुन्मा, फुकुसीमा, नागासाकी प्रान्तमा एक/एक जनाको मृत्यु भएको छ ।

यस अवधिमा डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित २ लाख ७ हजार ६ सय ९८ जना कोरोना संक्रमित निको भएका छन् ।

राजधानी टोकियोमा हालसम्मकै उच्च २ हजार ४ सय ४७ जना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ६८ हजार ७ सय ९० जना पुगेको छ भने ६ सय ६७ जनाको मृत्यु भएको छ ।

४७ ओटै प्रान्तमा संक्रमण पुष्टि भयो । १ सय भन्दा बढी संक्रमित हुने प्रान्तहरू खानागावामा ६ सय ७९, ओसाकामा ६ सय सात, चिबामा ३ सय ११, साईतामामा ४ सय ६०, चिबामा ४ सय ५०, आईचीमा ४ सय ५०, फुकुओकामा ३ सय ८८, ह्योगोमा २ सय ८४, टोचिगीमा १ सय ३२, क्योतोमा १ सय ४३, होक्काईदोमा १ सय ३१, तोचिगी १ सय ३० र मियाजाकी १ सय पाँचजना थपिए ।

बढी संक्रमित प्रान्तहरू

ओसाकामा ३२ हजार ६ सय १९, खानागावामा २४ हजार ७ सय ७९, आईचीमा १८ हजार ३ सय २८,साईतामामा १६ हजार ३ सय ९६, होक्काईदोमा १४ हजार १ सय ३३,चिबामा १२ हजार ८ सय ८३,ह्योगोमा ११ हजार २ सय,फुकुओकामा १० हजार ३ सय ६७, ओकिनावामा ५ हजार ६ सय ६७,क्योतोमा ५ हजार ५ सय १८ र हिरोसीमामा ३ हजार ८ सय ३४ जना पुगेको छ ।