जापानमा संक्रमण झनै उच्च, ७८८२ जना संक्रमित, ७६ जनाको मृत्यु

-


     मर्दी न्युज    
     पुस २४ गते २०७७ मा प्रकाशित


सन थापा
जापान, जनवरी ८ । जापानमा शुक्रवार ७ हजार ८ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै सर्वाधिक संक्रमणदर हो । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५ सय ९५ जना पुगेको छ ।

अस्पतालमा भर्ना हुने र गम्भीर बिरामी पनि उच्च रेकर्ड कायम भएको छ ।
संक्रमितमध्ये ४६ हजार ७ सय ८० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ८ सय २६ जनाको अवस्था गम्भीर रहेको छ ।

डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित जापानभर मृत्यु हुने संख्या ३ हजार ९ सय ७४ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

सबैभन्दा बढी ओसाकामा १९, होक्काईदोमा १०, टोकियो, खानागावा, आइचीमा सात/सात, साईतामा छ, ह्योगोमा पाँच, फुकुओकामा तीन, तोचिगी र सिजुओकामा दुई/दुई, मिए, मियाजाकी, मियागी, क्योतो, चिबा, हिरोसिमा, ईवाते, गिफु, फुकुसीमा, शिगा प्रान्तमा एकरएक जनाको मृत्यु भएको छ ।

यस अवधिमा डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित २ लाख १४ हजार ३ सय ९६ जना कोरोना संक्रमित निको भएका छन् ।

राजधानी टोकियोमा २ हजार ३ सय ९२ जना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ७१ हजार १ सय ८२ जना पुगेको छ भने ६ सय ७४ जनाको मृत्यु भएको छ ।

४७ ओटै प्रान्तमा संक्रमण पुष्टि भयो । १ सय भन्दा बढी संक्रमित हुने प्रान्तहरू खानागावामा ८ सय ३८, ओसाकामा ६ सय ५४, साईतामामा ४ सय ९६, चिबामा ४ सय ५५, आईचीमा ४ सय पाँच, फुकुओकामा ३ सय ६९, ह्योगोमा २ सय ९७, टोचिगीमा १ सय ३२, क्योतोमा १ सय ४७, होक्काईदोमा १ सय ८१, हिरोसीमामा १ सय १९,इबाराकीमा १ सय २७, तोचिगी १ सय ५०, कुमामोतो १ सय एक,गुन्मा १ सय जना थपिए ।

बढी संक्रमित प्रान्तहरू

ओसाकामा ३३ हजार २ सय ७३, खानागावामा २५ हजार ६ सय १७, आईचीमा १८ हजार ७ सय ३३,साईतामामा १६ हजार ८ सय ९२, होक्काईदोमा १४ हजार ३ सय १४,चिबामा १३ हजार ३ सय ३८,ह्योगोमा ११ हजार ४ सय ९५,फुकुओकामा १० हजार ७ सय ३६, ओकिनावामा ५ हजार ७ सय ५९,क्योतोमा ५ हजार ६ सय ६५ र हिरोसीमामा ३ हजार ९ सय ५३ जना पुगेको छ ।