दुई हजार ३०० ले ओरालो लाग्यो सुनको मूल्य

-


     मर्दी न्युज    
     पुस २६ गते २०७७ मा प्रकाशित


स्थानीय बजारमा आज सुनको मूल्यमा ठूलो अङ्कले ह्रास आएको छ । सुनको मूल्यमा प्रतितोला दुई हजार ३०० ले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला ९३ हजार छ । शुक्रवार प्रतितोला ९५ हजार ३०० मा कारोवार भएको छापावाला सुन आज प्रतितोला दुई हजार ३०० ले ओरालो लागेर ९३ हजार कायम भएको छ । यस्तै तेजाबी सुन आजका लागि प्रतितोला ९२ हजार ५०० तोकिएको छ । प्रतितोला ९४ हजार ८०० मा शुक्रवार कारोवार भएको थियो । तेजाबी सुन शुक्रवारका तुलनामा आज दुई हजार ३०० ले नै ओरालो लागेको हो ।

यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । चाँदी प्रतितोला शुक्रवार एक हजार ३३० मा कारोवार भएको थियो । चाँदी तोलामा रु ६० ले घटेको हो ।