स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित सिरहाबाट एक जना पक्राउ

-


     मर्दी न्युज    
     पुस २५ गते २०७७ मा प्रकाशित


लहान, २६ पुस । स्रोत नखुलेको करिव ३२ लाख रुपैयाँ नगदसहित सिरहा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी लकडीगोठ सिरहाबाट खटिएको टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको रु ३१ लाख ८९ हजार नगदसहित सिरहा नगरपालिका–२२ हक्पारा निवासी ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको हो।

कपडाको झोलाभित्र सो रकम बोकेर ल्याएको अवस्थामा यादवलाई पक्राउ गरिएको र आवश्यक कारवाहीका लागि बरामद गरिएको नगदसहित यादवलाई सम्पत्ती शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए। रासस