मर्स्याङ्दी नदीमा ट्रक खस्यो

-


     मर्दी न्युज    
     पुस २५ गते २०७७ मा प्रकाशित


Mardi News

लमजुङ । डुम्रे –बेँसीशहर –चामे सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका ४ जगत्बाट मर्स्याङ्दी नदीमा मालवाहक ट्रक खसेको छ ।

बेँसीशहर नगरपालिकाबाट मनाङतर्फ जाँदै गरेको ग १ ख ५१२४ नम्बरको ट्रक ब्रेक फेल हुँदा नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनकाअनुसार ट्रक सडकबाट करीब सात सय मिटर तल नदीको बीच भागमा खसेर अड्किएको छ । उक्त ट्रकको केही भाग मात्रै देखिएको, अरु भाग डुबेको उनले जानकारी दिए ।

उनका अनुसार ट्रकमा रहेको १९० बाकस बिस्कुट र पाँच टन चामलसमेत पूर्ण नष्ट भएको छ । ट्रकका चालक तथा सहचालक भने सकुशल रहेको र नाम खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनालगत्तै प्रहरी घटनास्थल पुगेको थियो । ट्रक भने तत्काल नदीबाट निकाल्न नसकिने प्रहरीको भनाइ छ ।