
सन थापा
जापान । जनवरी १४ जापानमा बिहीबार ६ हजार ६ सय पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना कोरोना संक्रमितको संख्या ३ लाख १२ हजार ३ सय ५३ जना पुगेको छ ।
त्यसैगरी डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित जापानभर मृत्यु हुने संख्या ४ हजार ३ सय ५३ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
ओसाकामा ११, चिबा र आइचीमा आठ/आठ, खानागावा, सिजुओका, हिरोसीमा, ह्योगोमा चार/चार, टोकियो,, क्योतो, गिफु र होक्काईदोमा तीन/तीन, निगाता, फुकुओका र नागानोमा दुई/दुई, मिए, वाकायामा, साईतामा,ओकिनावा, गुन्मा र सिंगा प्रान्तमा एक/एक गरी ६४ जनाको मृत्यु भएको छ ।
यस अवधिमा डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित २ लाख ३४ हजार ३ सय २४ जना कोरोना संक्रमित निको भएका छन् ।
संक्रमितमध्ये ६३ हजार ६ सय ४८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ९ सय २० जनाको अवस्था गम्भीर रहेको छ ।
राजधानी टोकियोमा १ हजार ५ सय दुईजना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ८० हजार ६८ जना पुगेको छ भने ६ सय चारजनाको मृत्यु भएको छ ।
आज ४७ ओटै प्रान्तमा संक्रमण पुष्टि भयो । १ सय भन्दा बढी संक्रमित हुने प्रान्तहरू खानागावामा ९ सय ८५, ओसाकामा ५ सय ९२, चिबामा ४ सय ८८, साईतामामा ४ सय ५५, आईचीमा ३ सय १२, फुकुओकामा ३ सय ४१, ह्योगोमा २ सय ९२, क्योतोमा १ सय ३१, होक्काईदोमा १ सय ९४, सिजुओकामा १ सय १० र ईबाराकीमा १ सय चार, जना थपिए ।
बढी संक्रमित प्रान्तहरू ओसाकामा ३६ हजार ४ सय ३४, खानागावामा ३० हजार ६ सय ९०, आईचीमा २० हजार ३ सय ९९,साईतामामा १९ हजार २ सय ७७, चिबामा १५ हजार ६ सय ८६, होक्काईदोमा १५ हजार ३ सय,ह्योगोमा १२ हजार ९ सय ७८,फुकुओकामा १२ हजार ३ सय ४९, क्योतोमा ६ हजार ४ सय ६३,ओकिनावामा ६ हजार १ सय सात र हिरोसीमामा ४ हजार २ सय ७१ जना पुगेको छ ।

