लेखक ओमप्रकाश गुरुङको ‘ताङ्गतिङ्ग मेरो गाउँ नियात्रा विमोचन

-


     मर्दी न्युज    
     माघ ३ गते २०७७ मा प्रकाशित


पोखरा, ३ माघ । लेखक तथा नियात्राकार ओमप्रकाश गुरूङको ‘ताङ्गतिङ्ग मेरो गाउँ’ नामक नियात्रा पुस्तक आज एक समारोह बीच विमोचन भयो ।

पुस्तकको विमोचन गर्दै प्रमुख अतिथि तथा मादि गाउपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले लेखकले जुन काममा हात हाले पनि त्यसलाई फत्ते गरि छोडने बानि उनको प्रमुख विशेषता रहेको बताए । साथै उनलले यस पुस्तकले सम्पुर्ण भुगोल समेटेको र आन्तरिक पर्यटन तथा वाहिरी पर्यटन प्रबद्वनमा सहयोग पुग्ने बताए ।

त्यस्तै पत्रकार अमृत भातगाउँलेले लेखकले भोगेका अनुभवहरु यस पुस्तकमा पढन सकिने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष्य गोपी भटराईले उक्त पुस्तक सम्बन्धमा बोल्दै विभिन्न समस्या आज पर्यन्त रहेको बताउँदै गाउँ गाउँमा मोटर बाटो खन्दा दुरदर्सिता नपुगेको र एक्याप अफिसले पर्यटकहरुसंग शुल्कमा समस्या देखिएको बताए ।

कार्यक्रमका सभापति तथा भिटोफका अध्यक्ष्य नवराज अधिकारीले ग्रामिण पर्यटनलाई विश्व बजारसम्म पुर्याउने एउटा सिपाहीको रुपमा लिनुपर्ने र पर्यटनलाई गाउँसम्म पुर्याउनु पर्छ भन्ने उनको कदमले ताङ्गतिङ्गलाई ताङ्गतिङ्ग बन्न पुगेको छ यसको निम्ति ओमप्रकाश दिन रात लागि परेको भनि प्रष्टयाए ।

पत्रकार जमुना वर्षा शर्माले मानिसलाई तीन किसिमले चिनिने बताउँदै कि भेटेर चिनिन्छ, कि देखेर चिनिन्छ, कि लेखेर चिनिन्छ भन्दै पुस्तक माथि परिचर्चा गरे ।

पुस्तकमा ३१ वटा नियात्रा लेख रहेका छन ।