जापानमा शनिबार ७०१४ जना संक्रमित थपिए, ५६ जनाको मृत्यु

-


     मर्दी न्युज    
     माघ २ गते २०७७ मा प्रकाशित


सन थापा
जापान, जनवरी १६ । जापानमा शनिबार ७ हजार १४ जना कोरोना संक्रमित थपिए । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना कोरोना संक्रमितको संख्या ३ लाख २५ हजार ४ सय ९७ जना पुगेको छ ।

डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित जापानभर मृत्यु हुने संख्या ४ हजार ४ सय ८९ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

ओसाकामा १२, होक्काईदोमा सात, साईतामामा छ, टोकियो, हिरोसीमा, खानागावा र ह्योगोमा तीन÷तीन, फुकुओका, कुमामोतो, चिबा, गुन्मा र क्योतोमा दुई÷दुई, गिफु, तोचिगी, सिजुओकामा,आइची, मियागी, ईबाराकी, एहिमे र नागासाकी प्रान्तमा एक÷एक गरी ५६ जनाको मृत्यु भएको छ ।

यस अवधिमा डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित २ लाख ४४ हजार ६ सय ३२ जना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये ६६ हजार ६ सय २८ जनाको उपचार भइरहेको छ भने ९ सय ६५ जनाको अवस्था गम्भीर रहेको छ ।

राजधानी टोकियोमा १ हजार ८ सय नौजना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ८३ हजार ८ सय ७८जना पुगेको छ भने ६ सय १७ जनाको मृत्यु भएको छ ।

आज ४७ ओटै प्रान्तमा संक्रमण पुष्टि भयो । धेरै संक्रमित हुने प्रान्तहरू खानागावामा ८ सय ३०, ओसाकामा ६ सय २९, चिबामा ५ सय तीन, साईतामामा ५ सय ८२, आईचीमा ३ सय २३, फुकुओकामा ४ सय ११, ह्योगोमा २ सय ६५, क्योतोमा १ सय ४०, होक्काईदोमा १ सय ९२, ओकिनावामा १ सय ३०, ईबाराकीमा १ सय छ जना थपिए ।

बढी संक्रमित प्रान्तहरू

ओसाकामा ३७ हजार ६ सय ३१, खानागावामा ३२ हजार ३ सय ९१, आईचीमा २१ हजार ७४, साईतामामा २० हजार ३ सय ४९, चिबामा १६ हजार ८ सय ८५, होक्काईदोमा १५ हजार ६ सय ९४,ह्योगोमा १३ हजार ५ सय २०,फुकुओकामा १३ हजार १ सय २०, क्योतोमा ६ हजार ७ सय २३,ओकिनावामा ६ हजार ३ सय ११ र हिरोसीमामा ४ हजार ३ सय ६० जना पुगेको छ ।
बिहीबार ४१ हजार ६ सय ७३ जनाको पिसीआर परीक्षण गरिएको थियो ।