जापानमा ४९२५ जनामा संक्रमण पुष्टि, नयाँ प्रकारको संक्रमित ४५ पुग्यो

-


     मर्दी न्युज    
     माघ ५ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, ५ माघ । जापानमा सोमबार ४ हजार ९ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार १ सय ७७ जना पुगेको छ ।

डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित जापानभर मृत्यु हुने संख्या ४ हजार ५ सय ९६ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

ओसाकामा १२, आइचीमा सात, खानागावा, साईतामा र चिबामा पाँचरपाँच, फुकुओकामा चार, टोकियो र क्योतोमा तीनरतीन, होक्काईदो, हिरोसीमा, सिजुओका, नागासाकी र कुमामोतोमा दुईरदुई, ह्योगो, मियागी फुकुसीमा, तोचिगी, फुकुई, तोकुसीमा र ईबाराकी प्रान्तमा एकरएक गरी ५८ जनाको मृत्यु भएको छ ।

यस अवधिमा डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित २ लाख ५३ हजार ४ सय ४६ जना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये ६९ हजार ९ सय ८३ जनाको उपचार भइरहेको छ भने ९ सय ७३ जनाको अवस्था गम्भीर रहेको छ ।

यसैबिच नयाँ प्रकारको कोरोना संक्रमितको संख्या ४५ जना पुगेको छ । सोमबार सिजुओकामा तीन पुरूष र महिलामा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि भएको छ । विदेश नगएका उनीहरूमा कसरी संक्रमण भयो भन्ने बारे अनुसन्धान भईरहेको राष्ट्रिय संक्रामक रोग संस्थानका निर्देशक वाकिता थाकाशीले बताए ।

राजधानी टोकियोमा १ हजार २ सय चारजना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ८६ हजार ६ सय ७४ जना पुगेको छ भने ६ सय २५ जनाको मृत्यु भएको छ ।

आज यामागाता, सीमाने र निगाता बाहेक ४४ ओटै प्रान्तमा संक्रमण पुष्टि भयो । धेरै संक्रमित हुने प्रान्तहरू खानागावामा ९ सय ५७, ओसाकामा ४ सय ३१, चिबामा ३ सय ६३, साईतामामा ३ सय २८, आईचीमा १ सय ५१, फुकुओकामा २ सय चार, ह्योगोमा १ सय ४९, क्योतोमा १ सय १०, होक्काईदोमा १ सय २५ जना थपिए ।

बढी संक्रमित प्रान्तहरू

ओसाकामा ३८ हजार ५ सय २६, खानागावामा ३४ हजार १ सय ४१, आईचीमा २१ हजार ४ सय ४३, साईतामामा २१ हजार १ सय १०, चिबामा १७ हजार ६ सय ६६, होक्काईदोमा १५ हजार ९ सय ४३, ह्योगोमा १३ हजार ९ सय ५८, फुकुओकामा १३ हजार ६ सय २४, क्योतोमा ६ हजार ९ सय ८७,ओकिनावामा ६ हजार ४ सय ६७ र हिरोसीमामा ४ हजार ४ सय २५ जना पुगेको छ ।