जापानमा ५३२० जना कोरोना संक्रमित, एकैदिन १०४ को मृत्यु

-


     मर्दी न्युज    
     माघ ६ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, ६ माघ । जापानमा मंगलबार ५ हजार ३ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना कोरोना संक्रमितको संख्या ३ लाख ४१ हजार ४ सय ९२ जना पुगेको छ ।

संक्रमणका कारण मृत्यु हुने संख्या डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित ४ हजार ७ सय जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । एकैदिनमा अहिलेसम्मकै धेरै १ सय चार जनाको मृत्यु भएको छ । मृतकको संख्या पहिलोपटक १ सय नाघेको हो ।

टोकियोमा १६, ओसाकामा १३, साईतामामा १०, खानागावा र फुकुओकामा आठ/आठ, चिबा र आइचीमा सात/सात, होक्काईदोमा छ, तोचिगी, ह्योगो र गिफुमा चार/चार, क्योतो, मियागी, निगाता र नागोनामा दुई/दुई, मिए, नारा, ओकायामा, नागासाकी, कुमामोतो, फुकुसीमा, ईशिखावा, एहिमे र खागावा प्रान्तमा एक/एक जनाको मृत्यु भएको छ ।

यस अवधिमा डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित २ लाख ५८ हजार ३ सय ७८ जना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये ७१ हजार १ सय २९ जनाको उपचार भइरहेको छ भने १ हजार एक जनाको अवस्था गम्भीर रहेको छ ।

राजधानी टोकियोमा १ हजार २ सय ४० जना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ८७ हजार ९ सय १४ जना पुगेको छ भने ६ सय ४१ जनाको मृत्यु भएको छ ।

आज ४७ ओटै प्रान्तमा संक्रमण पुष्टि भयो । धेरै संक्रमित हुने प्रान्तहरू खानागावामा ७ सय ३७, ओसाकामा ५ सय २५, चिबामा ४ सय ८७, साईतामामा ४ सय २१, आईचीमा २ सय ७६, फुकुओकामा २ सय , ह्योगोमा २ सय १८, क्योतोमा १ सय ४३, ओकिनावामा १ सय १३ जना थपिए ।

बढी संक्रमित प्रान्तहरू

ओसाकामा ३९ हजार ५१, खानागावामा ३४ हजार ७ सय ७८, आईचीमा २१ हजार ६ सय ८९, साईतामामा २१ हजार ५ सय ३१, चिबामा १८ हजार १ सय ५३, होक्काईदोमा १६ हजार ३५, ह्योगोमा १४ हजार १ सय ७३, फुकुओकामा १३ हजार ८ सय २३, क्योतोमा ७ हजार १ सय ३० ,ओकिनावामा ६ हजार ५ सय ८० र हिरोसीमामा ४ हजार ४ सय ४९ जना पुगेको छ ।