कर्मफ्लाईटस्द्वारा रुकुमपूर्व र बाग्लुङका १३४६ बालवालिकालाई न्यानो ज्याकेट वितरण

-


     मर्दी न्युज    
     माघ ६ गते २०७७ मा प्रकाशित


प्याराग्लाइडिङका पाइलटहरुको संस्था कर्मफ्लाईटस् पोखराले शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बाग्लुङ र रुकुम पुर्वका १३ वटा विद्यालयका १३४६ जना विद्यार्थीहरुलाई न्यानो ज्याकेट वितरण गरिएको छ । गत पुस १ देखि ८ गतेसम्म सम्वन्धित विद्यालयहरुमा पुगी न्यानो ज्याकेट वितरण गरिएको हो ।

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ९ स्थित गत भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित विद्यालय सरस्वती आधारभुत विद्यालय, सुकुरदुङ र जनचेतना प्राथमिक विद्यालय सुप्राङका २४२ जना बालवालिकाहरुलाई जाडोमा न्यानो ज्याकेट वितरण गरिएको कार्यक्रमको संयोजन शिक्षक जीवन घर्ति मगरले गरेका थिए ।

त्यस्तै जिल्लाको निसीखोला गा.पा.को वडा नं २ का ७ वटा विद्यालयका प्रा.वि तहमा अध्ययन गर्ने तथा तिनका मातहतमा रहेका ८ वटा बाल विकास केन्द्रका गरि जम्मा ७०७ जना विद्यार्थीहरुलाई गाउँपालिकाको रु २ लाख ७४ हजार १७, विद्यालयहरुको रु ५३ हजार १ सय ६५ तथा संस्थाको रु ६ लाख ५० हजार ५ सय ५५ गरि निसीखोला –२ मा मात्रै रु ९ लाख ७७ हजार ७ सय ३७ बरावरको लागतमा ज्याकेट वितरण गरिएको निसीखोला –२ न्यानो ज्याकेट वितरण समितिका संयोजक पूर्णलाल अर्यालले जानकारी दिए ।

त्यस्तै गरि रुकुम पूर्वको पुथा उत्तरगंगा वडा नं ५ स्थित देउराली मावि हुकामका ४३ जना र सोही वडाको आधारभुत विद्यालय गरका ६९ जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई न्यानो ज्याकेट वितरण तथा विद्यालयहरुलाई १÷१ भलिवल, २÷२ सेट स्कीपिङ रोप र पुन प्रयोगजन्य कपडाको मास्क वितरण गरिएको थियो भने सोहि पालिकाको वडा नं ६ स्थित जनजागृति आधारभुत विद्यालय मयाङका २१२ जना विद्यार्थीहरुलाई न्यानो ज्याकेट, भलिवल, स्कीपिङ रोप र मास्क र वडा नं १ मैकोटस्थित पुथा हिमालय माविका ३८ जना छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई न्यानो ज्याकेट तथा विद्यालयका ५५० जना विद्यार्थी र शिक्षकहरुलाई पुनप्रयोग जन्य कपडाको विशेष खालको मास्क, १÷१ वटा भलिवल र फुटबल तथा ३ सेट स्कीपिङ रोप सहयोग गरिएको स्थानीय तथा कार्यक्रमको संयोजक समेत रहेका पत्रकार कर्मसहि घर्ति मगरले बताए ।
कर्मफ्लाईटस् फाउन्डेशनले सामाजिक तथा शैक्षिक क्षेत्रमा लगानी गर्ने क्रममा पछिल्ला केही वर्षदेखि मैकोटको पुथा हिमालय माविमा सहयोग गरिरहेको र हाल थप २ वटा वडा (वडा नं ५ र ६) का ३ वटा विद्यालयमा कार्यक्रम विस्तार गरिएको फाउन्डेशनले जनाएको छ ।

बालवालिकाहरुले चिसो मौसममा निःशुल्क ज्याकेट प्राप्त गर्दा अभिभावकहरु निकै खुशी भएको र कार्यक्रमले विद्यार्थीको पढाईमा थप हौसला र नियमित विद्यालयमा उपस्थित भै पठन पाठनमा सहयोग पुग्ने निसीखोला गाउँपािलका वडा नं २ का वडाध्यक्ष कुविर विश्वकर्माले विश्वास व्यतm गरे । शैक्षिक सुधार कार्यक्रम अन्र्तगत हरेक वर्षको हिउँदमा संस्थाले दुरदराज र हिमाली भेगका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरि स्थानीय निकायको समेत सहकार्य र संयोजनमा निःशुल्क न्यानो ज्याकेट वितरण कार्यक्रम गदै आइरहेकोमा २०७२ सालदेखि हालसम्म गोरखा, कास्की, तनँहु, रुकुम र बाग्लुङ गरि १० हजार ४३ जना विद्यार्थीहरुलाई न्यानो ज्याकेट कार्यक्रमले सम्बोधन गरिएको संस्थाका अध्यक्ष भूपालसिंह गुरुङले जानकारी दिए ।

कर्मफ्लाईटस्को लोगो अंकित ज्याकेट नेपालमै उत्पादन गरि वितरण गरिएको र परियोजनाले कोरोनाको बेला संकुचनमा परेको आर्थिक गतिविधिलाई टेवा पु¥याउँदै कम्तीमा २ महिनाको लागि २० जना कामदारको लागि रोजगारी सिर्जना गरि आर्थिक सबलीकरणमा सहयोग पु–याएको र समग्र परियोजनामा कुल १३४६ जना विद्यार्थीलाई पािलका र विद्यालयहरुको आर्थिक सहकार्य बाहेक संस्थाको मात्र रु १० लाख ८७ हजार ४ सय १३ (बन्दोबस्ती सहित) खर्च भएको संस्थाका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले बताए ।