
फाइल तस्बिर
प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज बिहीबार देशभरका ६ हजार ७४३ वडामा प्रदर्शन गर्दैछ ।
बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्। वडाको प्रदर्शनलाई पनि सक्रिय सहभागिता जनाएर सफल बनाउन सभापति देउवाले अपिल गरेका हुन् ।
कांग्रेसले यसअघि माघ ३ गते ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन र सभा गरेको थियो । त्यस्तै पुस २५ गते ३ सय ३० प्रदेशसभा क्षेत्र र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा कांग्रेसले प्रदर्शन गरेको थियो ।
दोस्रो चरणको आन्दोलनको अन्तिम कार्यक्रम अन्तर्गत आज वडाहरुमा प्रदर्शन हुन लागेको हो । पार्टीको थप रणनीति तय गर्न कांग्रेस केन्द्रीय समितिको बैठक माघ १३ गते बस्दैछ ।