
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट स्वास्थ्य मन्त्रालयका कर्मचारीको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत कम्प्युटर अधिकृत कृष्णगोपाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको हो।
५१ वर्षीय श्रेष्ठ कोरोना संक्रमण भएपछि केही दिनदेखि वीर अस्पतालमा उपचाररत थिए। ललितपुरको गोदावरी निवासी श्रेष्ठ लामो समयदेखि मन्त्रालयमा कार्यरत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस मन्त्रालयमा विगत लामो समयदेखि कार्यरत ललितपुर, गोदावरी निवासी ५१ वर्षीय कम्प्युटर अधिकृत श्री कृष्ण गोपाल श्रेष्ठज्यूको मिति २०७७ माघ १२ गते चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठानर वीर अस्पतालमा कोभिड १९ संक्रमण भइ उपचारका क्रममा मृत्यु भएको खबरले मन्त्रालय परिवार स्तब्ध भएको छ।’


