निषेधित क्षेत्र तोड्न खोजेपछि नागरिक मार्चमाथि पानीको फोहोरा

-


     मर्दी न्युज    
     माघ १२ गते २०७७ मा प्रकाशित


काठमाडौं । संसद विघटनविरुद्ध नागरिक समाजले गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रधानमन्त्री निवास बालुवाटारअघि भएको प्रदर्शनमा झडप भएको हो ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीलाई निषेधित क्षेत्रमा जानबाट रोक्न प्रहरीले लाठी चार्जसँगै पानीको फोहोरा प्रहार गरेको छ ।

बृहत नागरिक आन्दोलनका नाममा बालुवाटारमा प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री ओली आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।