
पोखरा । पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५७४ नमूना परीक्षण गर्दा ३०३ जनामा कोरोना पुष्टि भएको हो।
योसहित कुल संक्रमित हुनेको संख्या दुई लाख ७० हजार ९२ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा २८५ जना संक्रमणमुक्त भएका छन्। योसहित कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या दुई लाख ६४ हजार ८२३ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार १७ पुगेको मन्त्रालयले जनाएको छ।