गण्डकीमा करिब ८ हजारले लगाए कोरोनाविरुद्धको खोप

-


     मर्दी न्युज    
     माघ १७ गते २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा आजसम्म ७ हजार ८ सय ९२ लाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ ।

स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोना विरुद्धको खोप लगाउनेको कुल लक्ष्य १७ हजार ३ सय ९६ मध्ये ४५.३७ प्रतिशत प्रगति भएको छ ।

यस अवधिमा कोरोना विरुद्धको खोप लगाइसकेपछि कुनैपनि जटिल अवस्थाको अवाञ्छित घटनाहरु नभएको जानकारी दिए ।

कास्कीमा ३ हजार २ सय २६, गोरखामा ५ सय १७, तनहुँमा ५ सय ४८, नवलपुरमा ६ सय, पर्वतमा ४ सय ७६, बागलुङमा ६ सय २६, मनाङमा १ सय १०, मुस्ताङमा १ सय ६, म्याग्दीमा ३ सय १२, लमजुङमा ७ सय ८४, स्याङ्जामा ५ सय ८७ जनालाई खोप लगाइएको छ ।