
सन थापा,
जापान, १९ माघ । जापानको राजधानी टोकियोमा कोरोना संक्रमितको संख्या १ लाख २ सय ३४ जना पुगेको छ । सोमबार ३ सय ९३ जना संक्रमित थपिए भने ८ सय ९४ जनाको मृत्यु भएको छ ।
सोमबार जापानभर १ हजार ७ सय ९२ जनामा कोरोना संक्रममित थपिए । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ३ लाख ९२ हजार ४ सय ७५ जना पुगेको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित ५ हजार ८ सय ४६ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
यस अवधिमा डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित ३ लाख ३४ हजार ७ सय ८४ जना संक्रमित निको भएका छन् ।
संक्रमितमध्ये ४९ हजार ४ सय ३० जनाको उपचार भइरहेको छ भने ९ सय ७५ जनाको अवस्था गम्भीर रहेको छ ।
आपतकाल लागु भएका प्रान्तको अवस्था
ओसाकामा १ सय ७८ जना संक्रमित थपिए । ४३ हजार ९ सय जना संक्रमित संख्या पुगेको छ भने ९ सय ३० जनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा २ सय २१ जना संक्रमित थपिए । संक्रमित संख्या ४० हजार ९ सय ८२ जना पुगेको छ भने ४ सय ८१ जनाको मृत्यु भएको छ ।
साईतामामा संक्रमित संख्या २५ हजार ३ सय ४५ जना पुगेको छ । यहाँ १ सय ५९ जना संक्रमित थपिए भने २ सय ५७ जनाको मृत्यु भएको छ ।
आईचीमा संक्रमित २४ हजार १ सय २७ जना र मृत्यु हुने संख्या ३ सय ९१ जना पुगेको छ । यहाँ ८० जना संक्रमित थपिए।
त्यस्तै चिबामा १ सय ९२ जना संक्रमित थपिएर २२ हजार ४ सय ९३ जना पुगेको छ भने २ सय ५४ जनाको मृत्यु भएको छ । होक्काईदोमा संक्रमित १७ हजार ५ सय २१ जना र मृतकको संख्या ६ सय एकजना पुगेको छ । ह्योगोमा संक्रमित १६ हजार ५ सय २८ जना र मृत्यु हुने संख्या ४ सय ११ जना पुगेको छ । फुकुओकामा संक्रमित १६ हजार २ सय ३९ जना र १ सय ९३ जनाको मृत्यु भएको छ । क्योतोमा ८ हजार ५ सय १० जना संक्रमित र १ सय २१ जनाको मृत्यु भएको छ । तोचिगी प्रान्तमा ३ हजार ७ सय ७४ जना संक्रमित र ४६ जनाको मृत्यु भएको छ । होक्काइदो, ह्योगो, फुकुओका,क्योतो र तोचिगीमा क्रमशः ७६, ६०, ६३, ६३ र ३ जना संक्रमित थपिए ।
त्यस्तै ओकिनावामा ७ हजार ५ सय ८५, इबाराकीमा ४ हजार ८ सय ४६, हिरोसीमामा ४ हजार ८ सय २८, सिजुओकामा ४ हजार ६ सय आठ जना संक्रमित भएका छन् ।
यसैबिच गत महिना लागु गरिएको आपतकाल एक महिना थपिने भएको छ । संक्रामक रोग विशेषज्ञहरूको सल्लाहकार समितिको राय अनुसार प्रधानमन्त्री योशिहिदे सुगाले १० प्रान्तमा आपतकाल एक महिना थप्ने बारे मंगलबार औपचारिक निर्णय गर्ने जनाईएको छ ।

