संवैधानिक निकायमा पधाधिकारी नियुक्तको विरोधमा दाहाल-नेपाल समूहले भोलि आम हड्ताल गर्ने

-


     मर्दी न्युज    
     माघ २१ गते २०७७ मा प्रकाशित


काठमाडौँ । संवैधानिक निकायमा जबर्जस्ती पधाधिकारी नियुक्त गरेको भन्दै नेकपा दाहाल-नेपाल समूहले भोलि (बिहीबार) आम हड्ताल गर्ने भएको छ।

पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको नेता विष्णु रिजालले जानकारी दिए । हड्ताल घोषणाका लागि दिउँसो २ बजे पार्टी कार्यालय पेरिस डाँडामा आकस्मिक रूपमा पत्रकार सम्मेलन आयोजना गरिएको छ।

संवैधानिक निकायहरूमा जबर्जस्ती नियुक्ति गरेको भन्दै दाहाल-नेपाल समूहले आपत्ति जनाएको छ।

संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूले संसदीय सुनुवाइबिनै आज सपथ लिएका थिए।

संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले भने संविधानविपरीत संवैधानिक निकायका पदाधिकारीको सपथ भएको बताएका छन्।