प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा मंगलबार बहस नहुने

-


     मर्दी न्युज    
     माघ २६ गते २०७७ मा प्रकाशित


काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा भोलि मंगलवार बहस नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्‍द्रशम्शेर जबराले न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलवार इजलास नबस्ने बताएका छन्।

अब संसद विघटन मुद्दामा माघ २८ गते बहस हुनेछ । संसद विघटन मुद्दामा केही दिनयता प्रधानमन्त्रीको निजी कानुन व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस गरिरहेका छन् ।