प्रचण्डले भने- निर्वाचन आयोगले लक्षण राम्रो देखाएको छैन

-


     मर्दी न्युज    
     माघ २८ गते २०७७ मा प्रकाशित


काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले नेकपा विवादलाई लिएर ‘लक्षण राम्रो नदेखाएको’ टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभा विघटनका विरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले थकाएपछि निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको बताएका हुन्।

‘आयोगका कोही कोही मान्छे खै के हो, अहिले अलि बढी नभनौँ, भन्यो भने बिग्रने हो कि?’, उनले भने, ‘तर, आयोगले राम्रो लक्षण देखाएको छैन है । केपीले अदालतलाई धम्क्याएका छन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ। ओली र दाहाल-नेपाल समूहले आफूहरू नै आधिकारिक दावी गरिरहेका छन् । तर आयोगले अहिलेसम्म कसैलाई आधिकारिकता दिएको छैन।