
सन थापा,
जापान, ३० माघ । जापानमा शुक्रबार १ हजार ३ सय जना कोरोना संक्रमित पुष्टि थपिएका छन् भने ६२ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार ९ सय ३१ जना पुगेको छ । डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित ६ हजार ८ सय ७९ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यस्तै निको हुनेको संख्या डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित ३ लाख ७८ हजार ६ सय ८३ जना पुगेको छ ।
संक्रमितमध्ये २६ हजार ९ सय ९३ जनाको उपचार भइरहेको छ भने ७ सय एकजनाको अवस्था गम्भीर रहेको छ ।
धेरै संक्रमित भएका प्रान्तहरू
टोकियोमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ७ सय ६५ जना र मृत्यु हुनेको संख्या १ हजार १ सय पाँचजनाको पुगेको छ ।
ओसाकामा ४५ हजार ७ सय सातजना संक्रमित र १ हजार ४५ जनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा संक्रमित संख्या ४३ हजार ५० जना र मृत्यु हुनेको संख्या ५ सय ९६ जना पुगेको छ ।
साईतामामा संक्रमित संख्या २७ हजार ४ सय ६६ जना र मृत्यु हुनेको संख्या ४ सय ५६ जना पुगेको छ ।
आईचीमा संक्रमित २५ हजार ९५ जना र मृत्यु हुने संख्या ४ सय ७१ जना पुगेको छ । चिबामा संक्रमित २४ हजार ३ सय ६३ जना मृत्यु हुनेको संख्या ३ सय ४१ जना पुगेको छ ।
होक्काईदोमा संक्रमित १८ हजार ४ सय दुईजना र मृत्यु हुने संख्या ६ सय ३२ जना पुगेको छ । ह्योगोमा संक्रमित १७ हजार ४ सय १५ जना र मृत्यु हुने संख्या ४ सय ७१ जना पुगेको छ । फुकुओकामा संक्रमित १७ हजार २ सय ६३ जना र २ सय ७३ जनाको मृत्यु भएको छ । क्योतोमा ८ हजार ८ सय ४६ जना संक्रमित र १ सय ४१ जनाको मृत्यु भएको छ ।
टोकियोमा ३ सय सात, ओसाकामा ८९, खानागावामा १ सय ५४, साईतामामा १ सय २४, आईचीमा ५३, चिबामा १ सय १७ जना संक्रमित थपिए । त्यस्तै होक्काइदो, ह्योगो, फुकुओका,क्योतो क्रमशः ७५, ३८, ८७, २७ जना संक्रमित थपिए ।
त्यस्तै ओकिनावामा ७ हजार ९ सय ६०, इबाराकीमा ५ हजार ३ सय १५, हिरोसीमामा ४ हजार ९ सय ३२, सिजुओकामा ४ हजार ८ सय नौजना र गिफुमा ४ हजार ४ सय ४० जना संक्रमित पुगेको छ ।

