
पोखरा । भूतपूर्व खेलाडी मञ्च, कास्कीको आयोजनामा पोखरा रंगशालाबाट सुरु भएको सफल पोखरा म्याराथनका खेलाडीहरुलाई वडा नं ६ को लेकसाइड प्रवेश गरेदेखि जरेबर/बुलौदी खोलासम्मको धावन मार्गमा विभिन्न पर्यटनसंग आबद्ध संघसंस्थाहरु, पोखरा पर्यटन परिषद आबद्ध संस्थाहरु, आमा समुहहरुले भब्य स्वागत गरे ।
आज भएको म्याराथनमा नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेश तथा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले अम्मटमा संयुक्तरूपमा स्वागत तथा पिउने पानीको ब्यबस्था गरेका थिए । बैदामकै सेन्टर प्वाइन्टमा बाजागाजा सहितको टिमले स्वागत गरेको थियो।
खेल पर्यटनको माध्यमबाट पनि पछिल्लो दिनहरूमा पोखराको प्रचारप्रसार भएको र त्यसको प्रत्यक्ष फाइदा पोखरेली व्यावसायिहरुले पाउने हुँदा व्यावसायिहरु पनि उत्साहित थिए ।

