जापानमा थप १३६२ जनामा संक्रमण, ६५ जनाको मृत्यु

-


     मर्दी न्युज    
     माघ ३० गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, १ फागुन । जापानमा शनिवार १ हजार ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६५ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख १५ हजार २ सय ९४ जना पुगेको छ । डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित ६ हजार ९ सय ४५ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

त्यस्तै डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित ३ लाख ८१ हजार २ सय २८ जना निको भएका छन् ।

संक्रमितमध्ये २५ हजार ३ सय ७६ जनाको उपचार भइरहेको छ भने ६ सय ९३ जनाको अवस्था गम्भीर रहेको छ ।

संक्रमित धेरै भएका प्रान्तहरू

टोकियोमा कोरोना संक्रमितको संख्या १ लाख ६ हजार १ सय ३४ जना र मृत्यु हुनेको संख्या १ हजार १ सय १६ जनाको पुगेको छ ।

ओसाकामा ४५ हजार ८ सय ४९ जना संक्रमित र १ हजार ५२ जनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा संक्रमित संख्या ४३ हजार १ सय ५५ जना र मृत्यु हुनेको संख्या ५ सय ९७ जना पुगेको छ ।

साईतामामा संक्रमित संख्या २७ हजार ६ सय ३० जना र मृत्यु हुनेको संख्या ४ सय ६० जना पुगेको छ ।

आईचीमा संक्रमित २५ हजार १ सय ५४ जना र मृत्यु हुने संख्या ४ सय ७५ जना पुगेको छ । चिबामा संक्रमित २४ हजार ४ सय ६१ जना मृत्यु हुनेको संख्या ३ सय ५४ जना पुगेको छ ।
होक्काईदोमा संक्रमित १८ हजार ४ सय ४१ जना र मृत्यु हुने संख्या ६ सय ३७ जना पुगेको छ । ह्योगोमा संक्रमित १७ हजार ४ सय ७१ जना र मृत्यु हुने संख्या ४ सय ७३ जना पुगेको छ । फुकुओकामा संक्रमित १७ हजार ३ सय २७ जना र २ सय ७७ जनाको मृत्यु भएको छ । क्योतोमा ८ हजार ८ सय ९६ जना संक्रमित र १ सय ४२ जनाको मृत्यु भएको छ ।


टोकियोमा ३ सय ६९, ओसाकामा १ सय ४२, खानागावामा १ सय पाँच, साईतामामा १ सय ६४, आईचीमा ५९, चिबामा ९८ जना संक्रमित थपिए । त्यस्तै होक्काइदो, ह्योगो, फुकुओका,क्योतो क्रमशः ३९, ५६, ६४, २३ जना संक्रमित थपिए ।

त्यस्तै ओकिनावामा ७ हजार ९ सय ७१, इबाराकीमा ५ हजार ३ सय ३४, हिरोसीमामा ४ हजार ९ सय ४०, सिजुओकामा ४ हजार ८ सय २४ जना र गिफुमा ४ हजार ४ सय ५३ जना संक्रमित पुगेको छ ।