कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस

-


     मर्दी न्युज    
     फागुन ५ गते २०७७ मा प्रकाशित


Mardi News

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौमा गर्ने प्रस्ताव गरिएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिले भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो।

आजबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकको बारेमा पत्रकारहरुलाई जानकारी गराउँदै प्रवक्ता शर्माले २०७८ भदौ ७, ८, ९ र १० गते केन्द्रीय महाधिवेसन काठमाडौंमा गर्ने प्रस्ताव पेस भएको बताए ।

कांग्रेसले दिउँसो २ बजे केन्द्रीय समिति बैठक बोलाएको थियो। तीन घण्टा ढिलो गरी बैठक सुरू भएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलले जेठमा महाधिवेशन गर्नुपर्ने अडान राखेका थिए । पौडेल र सभापति शेरबहादुर देउवाबीच सहमतिपछि भदौमा महाधिवेशन गर्ने गरी केन्द्रीय समितिमा प्रस्ताव गरिएको छ।

छलफलपछि केन्द्रीय समितिले यो प्रस्ताव पारित गरेमा भदौमा कांग्रेसको महाधिवेशन हुनेछ।