
पोखरा । पछिल्लो २४ घण्टामा देशभर थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा सोमवार कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ जना पुगेको छ ।
त्यस्तै देशभरिबाट ९० जना कोरोना संक्रमित संक्रमणमुक्त भई घर फर्केका छन् । योसहित कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ९६६ जना पुगेको छ ।
आज पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट २ हजार ६१ जनाको मृत्यु भएको छ ।

