सत्ता साझेदारीको चर्चाबीच कांग्रेसको पदाधिकारी बैठक बस्दै

-


     मर्दी न्युज    
     फागुन १२ गते २०७७ मा प्रकाशित


Mardi News

काठमाडौं । संसद् पुनर्स्थापनापछि सत्ता साझेदारीको चर्चा चलिरहेका बेला नेपाली कांग्रेसले आज बिहीवार पदाधिकारी बैठक बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो तीनबजे पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको रणनीतिबारे छलफल गरिने नेताहरूले बताएका छन् । नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल देउवा भेट्न बुधबार उनको निवासमै पुगेका थिए। भेटमा प्रचण्ड माधव समूहले सत्ता साझेदारीको प्रस्ताव राखेको थियो ।

संसद् पुनर्स्थापनासँगै नयाँ सरकार गठनका लागि काँग्रेसका निर्णायक भूमिका रहने देखिएको छ ।