मस्तिष्कघातपछि कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर

-


     मर्दी न्युज    
     फागुन १३ गते २०७७ मा प्रकाशित


काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको छ । नर्भिक अस्पतालको आईसीयूको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ ।

पूर्वमन्त्री जोशीलाई बिहान २ः३० बजे नर्भिक अस्पताल पुर्याइएको र करिब ४ बजेतिर टाउकामा रगत जमेकाले शल्यक्रिया गरिएको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

अस्पतालका न्यूरो सर्जन डा. राजीव झा नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो । डा. झाका अनुसार जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेको छ । अहिले सानो शल्यक्रिया गरेर मस्तिष्कमा पर्ने चाप घटाउन ड्रेन गर्न पाइप राखिएको अस्पतालले जनाएको छ ।