
सन थापा,
जापान, १७ फागुन । जापानमा सोमबार ६ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि हुनुका साथै ५१ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ३४ हजार १ सय २९ जना पुगेको छ । त्यस्तै डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित ७ हजार ९ सय ६१ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख ११ हजार २ सय ६३ जना कोरोना संक्रमित निको भएका छन् ।
संक्रमितमध्ये १४ हजार १३ जनाको उपचार भइरहेको छ भने ४ सय ३६ जनाको अवस्था गम्भीर रहेको छ ।
संक्रमित धेरै भएका प्रान्तहरू
टोकियोमा संक्रमित १ लाख ११ हजार ७ सय ९७ जना र १ हजार ३ सय ७२ जनाको मृत्यु भएको छ । ओसाकामा ४७ हजार १ सय ७९ जना संक्रमित र १ हजार १ सय १४ जनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा संक्रमित संख्या ४४ हजार ९ सय ५० जना र ७ सय ७१ जनाको मृत्यु भएको छ ।
साईतामामा संक्रमित संख्या २९ हजार ४ सय पाँच जना र ५ सय ६३ जनाको मृत्यु भएको छ ।
चिबामा संक्रमित २६ हजार ५ सय सातजना र मृत्यु हुने संख्या ५ सय ३५ जना पुगेको छ । आईचीमा संक्रमित २५ हजार ९ सय २२ जना र ४ सय ३३ जनाको मृत्यु भएको छ ।
होक्काईदोमा संक्रमित १९ हजार १ सय २२ जना र मृत्यु हुने संख्या ६ सय ७५ जना पुगेको छ । फुकुओकामा संक्रमित १८ हजार ७९ जना र २ सय ९१ जनाको मृत्यु भएको छ । ह्योगोमा संक्रमित १७ हजार ९ सय ८९ जना र मृत्यु हुने संख्या ५ सय २६ जना पुगेको छ । क्योतोमा ९ हजार ६७ जना संक्रमित र १ सय ५६ जनाको मृत्यु भएको छ । त्यस्तै ओकिनावामा ८ हजार २ सय, इबाराकीमा ५ हजार ८ सय आठ, सिजुओकामा ५ हजार १ सय ५१, हिरोसीमामा ५ हजार २७ र गिफुमा ४ हजार ६ सय २६ जना संक्रमित संख्या पुगेको छ ।
टोकियोमा १ सय २१, ओसाकामा ५६, खानागावामा ५२, साईतामामा ६१, चिबामा १ सय २७,आईचीमा ३२ जना संक्रमित थपिए । त्यस्तै होक्काइदोमा २९, फुकुओकामा १७, ह्योगोमा २१, क्योतोमा तीन, ओकिनावा सात, इबाराकीमा ५३, सिजुओकमा १०, हिरोसीमामा दुई र गिफुमा १० जना संक्रमित थपिए ।

