विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्छौं : प्रवक्ता गुरुङ

-


     मर्दी न्युज    
     फागुन १७ गते २०७७ मा प्रकाशित


काठमाडौँ । सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिबन्ध फुकुवा गर्ने बताएका हुन् । प्रतिबन्ध फुकुवा भएपछि विप्लव समूह शान्ति प्रक्रियामा आउने मन्त्री गुरुङले विश्वास व्यक्त गरे ।

उक्त समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा (बादल)को नेतृत्वमा समिति गठन भएको छ ।

सरकारले २८ फागुन २०७५ देखि विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो । हिंसात्मक गतिविधिमा लागेको भन्दै सरकारले विप्लव समूहको सम्पूर्ण गतिविधिमाथि रोक लगाएको थियो । त्यसयता नेपाल प्रहरीले समूहका नेता, कार्यकर्तालाई जहाँ भेट्यो, त्यही पक्राउ गर्ने नीति लिँदै आएको छ ।