बिहीबार ११७० जना संक्रमित, ६७ को मृत्यु

-


     मर्दी न्युज    
     फागुन १९ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, २० फागुन । जापानमा बिहीबार १ हजार १ सय ७० जना कोरोना संक्रमण थपिनुका साथै ६७ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ३७ हजार ४ सय २९ जना पुगेको छ । त्यस्तै डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित ८ हजार १ सय ५६ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख १५ हजार ४ सय ३३ जना कोरोना संक्रमित निको भएका छन् ।
मंगलबार ३५ हजार ५ सय ५९ जनाको पिसीआर परीक्षण गरिएको थियो ।
संक्रमितमध्ये १२ हजार ७ सय ३८ जनाको उपचार भइरहेको छ भने ३ सय ९८ जनाको अवस्था गम्भीर रहेको छ ।

संक्रमित धेरै भएका प्रान्तहरू

टोकियोमा संक्रमित १ लाख १२ हजार ३ सय ८० जना र १ हजार ४ सय १९ जनाको मृत्यु भएको छ ।

ओसाकामा ४७ हजार ४ सय ३९ जना संक्रमित र १ हजार १ सय २३ जनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा संक्रमित संख्या ४५ हजार ३ सय ११ जना र ७ सय ९३ जनाको मृत्यु भएको छ ।
साईतामामा संक्रमित संख्या २९ हजार ७ सय २७ जना र ५ सय ८९ जनाको मृत्यु भएको छ ।
चिबामा संक्रमित २६ हजार ८ सय ६५ जना र मृत्यु हुने संख्या ५ सय ४६ जना पुगेको छ । आईचीमा संक्रमित २६ हजार ७९ जना र ४ सय ४६ जनाको मृत्यु भएको छ ।
होक्काईदोमा संक्रमित १९ हजार २ सय ७७ जना र मृत्यु हुने संख्या ६ सय ८५ जना पुगेको छ । फुकुओकामा संक्रमित १८ हजार २ सय ७१ जना र ३ सय एकजनाको मृत्यु भएको छ । ह्योगोमा संक्रमित १८ हजार ९४ जना र मृत्यु हुने संख्या ५ सय ४६ जना पुगेको छ । क्योतोमा ९ हजार ७९ जना संक्रमित र १ सय ५८ जनाको मृत्यु भएको छ । त्यस्तै ओकिनावामा ८ हजार २ सय ६३, इबाराकीमा ५ हजार ८ सय ९७, सिजुओकामा ५ हजार १ सय ९९, हिरोसीमामा ५ हजार ३८ र गिफुमा ४ हजार ६ सय ४९ जना संक्रमित संख्या पुगेको छ ।
टोकियोमा २ सय ७९, ओसाकामा ८१, खानागावामा १ सय ३८, साईतामामा १ सय २३, चिबामा १ सय सात, आईचीमा ६८ जना संक्रमित थपिए । त्यस्तै होक्काइदोमा ६६, फुकुओकामा ३७, ह्योगोमा २१, क्योतोमा तीन, ओकिनावा २८, इबाराकीमा ३७, सिजुओकामा नौ, हिरोसीमामा दुई र गिफुमा पाँचजना संक्रमित थपिए ।