विप्लव आज सार्वजनिक हुँदै

-


     मर्दी न्युज    
     फागुन २१ गते २०७७ मा प्रकाशित


काठमाडौं । सरकारसँग भएको तीनबुँदे सहमति भएपछि दुई वर्षदेखि भूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुँदै छन् ।

सरकारसँग भएको तीनबुँदे सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न आज दिउँसो २ बजे काठमाडौंमा आयोजना गरिने संयुक्त ‘विशेष समारोह’मा यसअघि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै मञ्चमा देखिने भएका हुन्।

बिहीबार बिहान भएको तीनबुँदे सहमतिलाई सोही दिन साँझ बसेको मन्त्रिपषिद् बैठकले अनुमोदन गर्दै विप्लव नेकपालाई लगाइएको प्रतिबन्धसमेत फुकुवा गरिसकेको छ।

यसअघि २०७५ फागुन २८ देखि सरकारले राजनीतिक प्रतिबन्ध लगाएपछि विप्लवसहित नेकपाका सबै नेता तथा कार्यकर्ता पूर्ण रूपमा भूमिगत भएका थिए ।