विप्लव समूहका नेता बाँस्तोला रिहा

-


     मर्दी न्युज    
     फागुन २० गते २०७७ मा प्रकाशित


काभ्रे । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला काभ्रेपलाञ्चोकबाट रिहा भएको छ । सरकारसँग तीन बुँदे सहमति भएसँगै उनलाई शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट हिरासत मुक्त गरेको हो ।

आगजनी तथा संगठित अपराधको मुद्दामा उनलाई ११ दिनदेखि काभ्रे प्रहरीको हिरासतमा राखिएको थियो । उनी रिहा भएसँगै उनलाई परिवार तथा पार्टीका नेता कार्यकर्ताले स्वागत गरेका थिए । रिहा भएसँगै उनलाई प्रहरीले सुरक्षाकर्मी सहित काठमाडौं पठाएको छ ।

उनले वार्ताले मुलुकलाई सहि निकास दिने बताउँदै राजनैतिक ढंगले समाधान गर्न खोजिएकाले आफूहरु बार्ताका लागि तयार भएको बताए । सञ्चारकर्मीसँगको कुराकानीमा उनले कम्युनिष्ट पार्टीहरु बीचको एकता आवश्यकता भएको बताए ।