शनिबार १०५४ जनामा संक्रमण, ४० को मृत्यु

-


     मर्दी न्युज    
     फागुन २२ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, २२ फागुन । जापानमा शनिबार १ हजार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४० जनाको मृत्यु भयो । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय २८ जना पुगेको छ । त्यस्तै डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित ८ हजार २ सय ५१ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख १७ हजार ९ सय ५१ जना कोरोना संक्रमित निको भएका छन् ।
बिहीबार ३७ हजार २ सय तीन जनाको पिसीआर परीक्षण गरिएको थियो ।
संक्रमितमध्ये १२ हजार १ सय २० जनाको उपचार भइरहेको छ भने ३ सय ७५ जनाको अवस्था गम्भीर रहेको छ ।

यी हुन् धेरै संक्रमित भएका प्रान्तहरू

टोकियोमा संक्रमित १ लाख १३ हजार २ सय १८ जना र १ हजार ४ सय ६२ जनाको मृत्यु भएको छ ।

ओसाकामा ४७ हजार ५ सय ९४ जना संक्रमित र १ हजार १ सय ३४ जनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा संक्रमित संख्या ४५ हजार ५ सय ५४ जना र ७ सय १६ जनाको मृत्यु भएको छ ।
साईतामामा संक्रमित संख्या २९ हजार ९ सय ३१ जना र ६ सय १८ जनाको मृत्यु भएको छ ।
चिबामा संक्रमित २७ हजार १ सय नौ जना र मृत्यु हुने संख्या ४ सय ७५ जना पुगेको छ । आईचीमा संक्रमित २६ हजार १ सय ६४ जना र ५ सय ४० जनाको मृत्यु भएको छ ।


होक्काईदोमा संक्रमित १९ हजार ३ सय ८८ जना र मृत्यु हुने संख्या ६ सय ९१ जना पुगेको छ । फुकुओकामा संक्रमित १८ हजार २ सय २५ जना र ३ सय तीनजनाको मृत्यु भएको छ । ह्योगोमा संक्रमित १८ हजार १ सय ४५ जना र मृत्यु हुने संख्या ५ सय ५७ जना पुगेको छ । क्योतोमा ९ हजार ९५ जना संक्रमित र १ सय ६० जनाको मृत्यु भएको छ । त्यस्तै ओकिनावामा ८ हजार ३ सय छ, इबाराकीमा ५ हजार ८ सय ६९, सिजुओकामा ५ हजार २ सय ३१, हिरोसीमामा ५ हजार ४५ र गिफुमा ४ हजार ६ सय ६४ जना संक्रमित संख्या पुगेको छ ।


टोकियोमा २ सय ९३, ओसाकामा ८२, खानागावामा १ सय १३, साईतामामा २ सय १४, चिबामा १ सय नौ, आईचीमा ३५ जना संक्रमित थपिए । त्यस्तै होक्काइदोमा ४७, फुकुओकामा २९, ह्योगोमा १५, क्योतोमा नौ, ओकिनावा २९, इबाराकीमा २८, सिजुओकामा नौ, हिरोसीमामा चार र गिफुमा नौजना संक्रमित थपिए ।