धुम्बाराहीमा नेकपाको बोर्ड हटाइयो, एमालेको राखियो

-


     मर्दी न्युज    
     फागुन २५ गते २०७७ मा प्रकाशित


काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई पहिलेकै अवस्थामा ब्युँताएपछि धुम्बाराहीको पार्टी कार्यालयमा एमाले नामको साइनबोर्ड राखिएको छ ।

मङ्गलवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।