
पोखरा । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र पार्टी एकीकरणलाई बदर गरिदिएपछि गण्डकी प्रदेशको पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ ।
यसअघि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को बोर्ड रहेकोमा त्यसलाई हटाएर एमालेको बोर्ड राखिएको हो ।
आज धुम्बाराही पार्टी कार्यालयबाट देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको थियो ।