जापानमा ११२८ जनामा संक्रमण, ५८ को मृत्यु

-


     मर्दी न्युज    
     फागुन २५ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, २५ फागुन । जापानमा मंगलबार १ हजार १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ४२ हजार ४ सय १८ जना पुगेको छ । त्यस्तै ५८ जनाको मृत्यु भएको छ । डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित ८ हजार ३ सय ७९ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख १० हजार ९ सय १९ जना कोरोना संक्रमित निको भएका छन् । आइतबार ९ हजार ९ सय ४९ जनाको पिसीआर परीक्षण गरिएको थियो । संक्रमितमध्ये ११ हजार ७ सय ३४ जनाको उपचार भइरहेको छ भने ३ सय ८१ जनाको अवस्था गम्भीर रहेको छ ।

धेरै संक्रमित भएका प्रान्तहरू

टोकियोमा १ लाख १३ हजार ८ सय ६१, ओसाकामा ४७ हजार ८ सय ११, खानागावामा ४५ हजार ८ सय ३२, साईतामामा ३० हजार २ सय २५, चिबामा २७ हजार ३ सय ७६, आईचीमा २६ हजार २ सय ३८,होक्काईदोमा १९ हजार ५ सय ९८, फुकुओकामा १८ हजार ३ सय आठ, ह्योगोमा १८ हजार २ सय ३५ र क्योतोमा ९ हजार १ सय २९ जना संक्रमित भएका छन् । त्यस्तै ओकिनावामा ८ हजार ३ सय ५४, इबाराकीमा ६ हजार ३८, सिजुओकामा ५ हजार २ सय ८१, हिरोसीमामा ५ हजार ५७ र गिफुमा ४ हजार ६ सय ७३ जना संक्रमित संख्या पुगेको छ ।

मृत्यु संख्या धेरै भएका प्रान्तहरू

टोकियोमा १ हजार ५ सय, ओसाकामा १ हजार १ सय ४२, खानागावामा ७ सय २२, साईतामामा ६ सय ३८, चिबामा ४ सय ८९, आईचीमा ५ सय ४५, होक्काइदोमा ६ सय ९६, फुकुओकामा ३ सय सात, ह्योगोमा ५ सय ६० र क्योतोमा १ सय ६३ जनाको मृत्यु भएको छ ।

टोकियोमा २ सय ९०, ओसाकामा १ सय तीन, खानागावामा १ सय, साईतामामा १ सय छ, चिबामा ८२, आईचीमा ३९ जना संक्रमित थपिए । त्यस्तै होक्काइदोमा ६३, फुकुओकामा ३४, ह्योगोमा ४१, क्योतोमा नौ, ओकिनावा २३, इबाराकीमा २६, सिजुओकामा १४, हिरोसीमामा तीन र गिफुमा छ जना संक्रमित थपिए ।