पोखरामा असिना–पानी

-


     मर्दी न्युज    
     फागुन २६ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा । पोखरामा बुधबार मध्यान्ह असिना पानी परेको छ । पोखराको बिरौटा, मासवार, नयाँगाउँ, बैदामलगायतका क्षेत्रमा मध्यान्ह असिना–पानी परेको हो ।

असिनापानीले पोखरा र आसपासका क्षेत्रको खेतबारीमा लगाइएको तरकारीबालीमा क्षति पु¥याएको छ । पोखरा महानगरपालिकामा पटकपटक परेको असिना पानीले किसानले लगाएको तरकारीबालीमा नोक्सान पुगेको छ ।

जल तथा मौसम विज्ञान कार्यालयका अनुसार प्री मनसुन सुरु भएपछिको यो पहिलो वर्षा हो । प्रीमनसुन मार्च १ देखि सुरु हुन्छ र जुन ९ सम्म रहन्छ । प्री मनसुनको अवधि सकिएपछि बल्ल मनसुन सुरु हुन्छ ।