जापानमा थपिए १३१६ जना संक्रमित, ५४ को मृत्यु

-


     मर्दी न्युज    
     फागुन २६ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, २६ फागुन । जापानमा बुधबार १ हजार ३ सय १६ जना कोरोना संक्रमित थपिए भने ५४ जनाको मृत्यु भएको छ ।योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ४३ हजार ७ सय ३० जना पुगेको छ । डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित ८ हजार ४ सय ३२ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख २२ हजार ८० जना कोरोना संक्रमित निको भएका छन् ।
मंगलबार ५१ हजार १ सय ७६ जनाको पिसीआर परीक्षण गरिएको थियो ।
संक्रमितमध्ये ११ हजार ५ सय ८१ जनाको उपचार भइरहेको छ भने ३ सय ६४ जनाको अवस्था गम्भीर रहेको छ ।

धेरै संक्रमित भएका प्रान्तहरू

टोकियोमा १ लाख १४ हजार २ सय एक, ओसाकामा ४७ हजार ८ सय ९५, खानागावामा ४५ हजार ९ सय ५६, साईतामामा ३० हजार ३ सय ६०, चिबामा २७ हजार ४ सय ८२, आईचीमा २६ हजार २ सय ८२, होक्काईदोमा १९ हजार ६ सय ६३, फुकुओकामा १८ हजार ३ सय ५७, ह्योगोमा १८ हजार २ सय ७६ र क्योतोमा ९ हजार १ सय ५६ जना संक्रमित भएका छन् । त्यस्तै ओकिनावामा ८ हजार ३ सय ७८, इबाराकीमा ६ हजार ७१, सिजुओकामा ५ हजार ३ सय ३१, हिरोसीमामा ५ हजार ५८ र गिफुमा ४ हजार ६ सय ७६ जना संक्रमित संख्या पुगेको छ ।

मृत्यु संख्या धेरै भएका प्रान्तहरू

टोकियोमा १ हजार ५ सय १८, ओसाकामा १ हजार १ सय ४४, खानागावामा ७ सय ३३, साईतामामा ६ सय ४०, चिबामा ४ सय ९५, आईचीमा ५ सय ४८, होक्काइदोमा ६ सय ९७, फुकुओकामा ३ सय आठ, ह्योगोमा ५ सय ६१ र क्योतोमा १ सय ६३ जनाको मृत्यु भएको छ ।

टोकियोमा ३ सय ४०, ओसाकामा ८४, खानागावामा १ सय २४, साईतामामा १ सय ३५, चिबामा १ सय छ, आईचीमा ४४ जना संक्रमित थपिए । त्यस्तै होक्काइदोमा ६५, फुकुओकामा ४९, ह्योगोमा ४१, क्योतोमा २७, ओकिनावा २८, इबाराकीमा ३३, सिजुओकामा ५०, हिरोसीमामा एक र गिफुमा तीनजना संक्रमित थपिएका छन ।